Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

अर्थ प्लस
वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौँ, चैत ३१ । वैशाख महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एउटा मात्रै बैंकले बढाएको छ। बाँकी अन्य १६ बैंकहरुको अधिकतम ब्याजदर स्थिर राखेका छन् ।  

वैशाख महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

नेपाल बैंक लिमिटेड

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागतनिक्षेपको अधिकतम ब्याजदर घटाएको । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.१५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर दिने भएको छ । जुन चैत महिनामा क्रमशः ५.५० प्रतिशत ४.१५ प्रतिशत कायम थियो ।  

प्रभु बैंक  

प्रभु बैंकले पनि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ ।  बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपतर्फ अधिकतम ५.१ प्रतिशत ब्याज दिएको थियो ।    

एभरेष्ट बैंक  

बैंकले पनि वैशाख महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.६१ र संस्थागतर्फ ५.६१ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकलेचैत महिनाका लागि व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले वैशाख महिनाका ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि बैंकले संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर दिएको थियो ।  

सानिमा बैंक  

सानिमा बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशत ब्याजदर कायम गरेको छ ।  चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  संस्थागततर्फ बैंकले चैत महिनामा अधिकतम ४ प्रतिशत ब्याजदर दिएको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  । जसन अघिल्लो महिनाकै निरन्तरता हो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।  चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ४.५० प्रतिशत ब्याज दिएको थियो ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

एनएमबी बैंक  

बैंकले पनि वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

हिमालयन बैंक  

हिमालयन बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५०० प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।  

कृषि विकास बैंक  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  जुन अघिल्लो महिनाकै निरन्तरता हो ।  

माछापुच्छ्रे बैंक  

बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

कुमारी बैंक  

कुमारी बैंकले व्यक्तिगत र संस्थागततर्फको अधिकतम ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.८१ र संस्थागततर्फ ५.०१० प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो । ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपतर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

नबिल बैंक  

वैशाख महिनाका लागि नबिल बैंकले व्यक्तिगततर्फको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले संस्थागत निक्षेपकर्तालाई चैत महिनामा अधिकतम ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।  

सम्बन्धित समाचार