Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआईसी एशिया बैंकको नयाँ वर्ष उपहार योजनाः टपअप गर्दा आइफोन १६ जित्ने अवसर

एनआईसी एशिया बैंकको नयाँ वर्ष उपहार योजनाः टपअप गर्दा आइफोन १६ जित्ने अवसर

अर्थ प्लस
एनआईसी एशिया बैंकको नयाँ वर्ष उपहार योजनाः टपअप गर्दा आइफोन १६ जित्ने अवसर

काठमाडौं, वैशाख २ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहक महानुभावले आईफोन १६ जित्न सक्ने छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकले यस बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत १०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।

योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहक मध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ । यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ वर्ष २०८२ ले थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहकहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार