Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

अर्थ प्लस
लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको शुभकामना व्यक्त गरेको छ । बैंकसँग स्थापनाकालदेखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका शेर्पा ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा एक कार्यक्रमको आयोजना गरी बैंकले सफलताको शुभकामना व्यक्त गरेको हो । 

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटकसम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुरर्याइ सकेका छन् । 

उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकका्े लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही कामी रिता शेपालाई हस्तान्तरण गरे । 

शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’बनी आबद्घ छन् । 

उनले यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१औं आरोहण गर्न लागेको जानकारी दिए । उनको साहसिक कार्यले लुम्बिनी विकास गौरवान्वित बनाएको सिइओ बोहोराले बताए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा एक्सटेन्सन काउण्टर रहेको छ । 

यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार