Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

प्रभु बैंकका सीईओ अशोक शेरचनका पक्षमा सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

प्रभु बैंकका सीईओ अशोक शेरचनका पक्षमा सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

अर्थ प्लस
प्रभु बैंकका सीईओ अशोक शेरचनका पक्षमा सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

काठमाडौं, वैशाख ३ । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा आन्तरिम आदेश जारी गरेको हो ।

शेरचनले बैंकको सञ्चालक समितिको नियुक्तिअनुसार २०८५ माघसम्म नै काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिटमा शेरचनकै पक्षमा आदेश जारी गरेको हो ।

२०७१ माघमा पहिलोपटक चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त भएका उनी २०७५ मा दोस्रोपटक र २०७९ मा तेस्रोपटक सीईओ नियुक्त भएका थिए ।

बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ ले बैंकको सीईओको एक कार्यकाल चार वर्ष हुने र दुईपटक सम्म मात्रै सीईओ बन्न पाउने व्यवस्था गरेको भन्दै अधिवक्ता अनिता थापाले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले उनको कार्यकाल गणना गरी आगामी वैशाख ९ गतेसम्म मात्रै सीईओ हुन पाउने आदेश गरेपछि शेरचनले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

सर्वोच्चले उच्चको आदेशमा कारण देखाउ आदेश जारी गर्दै शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।

सम्बन्धित समाचार