काठमाडौं, ९ फागुन । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ६१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार फागुन ५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाले सो रकम बराबरको निक्षेप संकलन गरेका हुन्।
कुल निक्षेपमा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ५४ खर्ब ४६ अर्ब छ भने अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ।
पछिल्लो समय निक्षेप संकलन लगातार बढ्दो क्रममा छ। कर्जा लगानी न्युन हुँदा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिरहेको छ। यसले गर्दा ब्याजदर समेत घट्दै गएको छ।
फागुनदेखि नेपाल राष्ट्र बैंकले स्थामयी निक्षेप सुविधा उपलब्ध गराएको भए पनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ। राष्ट्र बैंकले बैंकहरुमा बढी भएको तरलता राष्ट्र बेंकमा निक्षेपको रुपमा राख्न मिल्ने गरी स्थायी निक्षेप सुविधा कार्यन्वयनमा ल्याएको थियो। बैंकहरुले ३ प्रतिशत ब्याजदरमा हप्तामा २ पटक स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउछन्।
राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन उक्त सुविधा लएको थियो। पछिल्ःलो धेरै महिनादेखि बैंकहरुको अन्तरबेंक ब्याजदर केन्द्रिय बैंकले राखेको लक्ष्यको तल्लो सिमाभन्दा तल थियो। राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा कार्यन्वयनमा ल्याएपछि पनि फागुन ४ गते अन्तरबैंक ब्याजदर २.९९ प्रतिशतमा झरेको छ।
अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अधिक छ। बैंकहरुको सिडि रेशियो ८०.१५ प्रतिशतमा झरेको छ। यसले बैंकहरुसँग साढे ५ खर्बभन्दा धेरै लगानीयोग्य रकम रहेको देखाउछ। तर पनि पछिल्लो समय कर्जा लगानी न्युन नै रहेको छ।
