काठमाडौं फाल्गुण १० । यति बेला तीन वटा बिद्युत् आयोजना बिजुली बाल्ने अन्तिम तयारीमा छन्। मध्य भोटेकोसी जलविद्युत आयोजना,रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनी बिजुली बाल्ने तयारीमा रहेका हुन्।
तर नेपाल बिद्युत् प्राधिकरण (एनइए)ले भने अझै आफ्नो काम सकाएको छैन। जसका कारण बिजुली बले पनि खेर जाने स्थितिमा तीनै कम्पनी छन्। यता कछुवा गतिमा नेपाल बिद्युत् प्राधिकरणले काम गर्दै आएको छ भने अर्को तर्फ अपुग बिजुली भारतबाट आयात गरिरहेको छ।
नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार चालु आर्थिक वर्षकाे पुससम्ममा अर्थात गएकाे ६ महिनामा २ अर्ब ५४ कराेड रुपैयाँ बराबरकाे बिजुली भारतबाट आयात भएकाे छ ।
तीन ओटै आयोजनाको बिजुली बल्ने र प्रसारण लाइनमा जोडिने हो भने दुई सय २७ मेगावाट बिजुली तुरुन्तै थपिन सक्छ। किनकि मध्य भोटेकोसी एक्लैले १०२ मेगावाट, रसुवागढीले एक सय ११ मेगावाट र सान्जेन माथिल्लोले १४.८ मेगावाट बिजुली उत्पादन गर्ने छन्। जसले बिजुली आयात गर्ने भन्दा पनि निर्यात गर्नु पर्ने अवस्था सिर्जना गर्न सक्छ।
यी तीन वटै आयोजनको प्रमुख लगानीकर्तामा चिलिमे जलविद्युत कम्पनी र नेपाल बिद्युत् प्राधिकरण छन्। प्राधिकरण आफै लगानीकर्ता भएर पनि उसले गरिदिनुपर्ने काम समयमा गरिदिएको छैन। जसको कारण बिद्युत् उत्पादन हुने अवस्था हुँदा हुँदै पनि बिद्युत् बिक्री हुन नसकिरहेको हो। जसले आयोजनको लागत बढाउँदै लगेको छ भने लगानीकर्ताले लगानी फिर्ता पाउने समय समेत बढ्दै गइरहेको छ। जसको कारण लगानीकर्ता समेत समस्यामा देखिएका छन्।
मध्य भोटेकोसीले सिन्धुपाल्चोक जिल्ला, साबिक गाति-मार्मिङ गा.वि.स.(हाल बाह्रबिसे न.पा. ५ र भोटेकोसी गा.पा. ५) रहेको भोटेकोसी नदीमा आधारित रन अफ रिभर मोडलमा आयोजना बनाएको छ। उसले ५४२ मेगावाट आवर (वार्षिक) बिद्युत् उत्पादन गर्न सक्छ। जसको काम लगभग सकिएको मध्य भोटेकोसीमा चिलिमेको तर्फबाट सञ्चालक रहेका तुलसीराम ढकालले बताए।
उनका अनुसार आयोजना तयारी अवस्थामा छ। तर प्रसारण लाइन पुगिसकेको छैन। पहिले त्यसको लागि प्राधिकरणले जिल्लाको बाह्रबिसेमा सब स्टेसन बनाउँदै छ। जसको काम सकिएपछि त्यही स्टेसनमा उत्पादित बिजुली पुर्याइने छ। तर सब स्टेसन पुरा नभएको कारण अहिले उत्पादन नै थाले पनि त्यसको कुनै अर्थ हुँदैन।
कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ३७ प्रतिशत चिलिमे जलविद्युत कम्पनी लिमिटेडलाई, १० प्रतिशत नेपाल विद्युत् प्राधिकरणलाई, १ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि. लाई, १ प्रतिशत सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.लाई, १ प्रतिशत नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.लाई र १ प्रतिशत आयोजनामा घरजग्गा परी अति प्रभावित मानिएका घरपरिवारबाट गठन भएको कम्पनी सिन्धु भोटेकोसी हाइड्रोपावरको शेयर छ।
यता रसुवागढी हाइड्रो पावरको अवस्था पनि उस्तै हो। उसको पनि सब स्टेसन नबनेका कारण बिजुली उत्पादन गर्न सक्ने अवस्था भइकन पनि बिजुली उत्पादन नगरी कम्पनी बस्न बाध्य भएको छ। रसुवागढी र सान्जेन दुवैको लागि जिल्ला स्थित चिलिमे हबमा सब स्टेसन बन्दै छ। जुन नबनेका कारण उत्पादनमा ढिलाइ हुँदै आएको हो। आयोजनाको समय लम्बिएका कारण कम्पनी चिन्तित देखिएको छ। “खै अझै कति समय कुर्नु पर्ने हो थाहा भएन। एनइएलाई सोध्नुस्। उसले यो दिन सबस्टेसनमा बिजुली पुर्याउनु पर्छ भनोस्। हामी त्यही दिन पुर्याइदिने अवस्थामा छौ,” कम्पनी स्रोतले भन्यो
कम्पनीले रसुवा जिल्ला भोटेकोसी नदी, रसुवा मार्फत रन अफ रिभर मोडलमा १११ मेगावाट क्षमताको आयोजना बनाएको छ। यसका प्रमुख लगानीकर्ता चिलिमे हाइड्रो पावर कम्पनी र नेपाल बिद्युत् प्राधिकरण नै हुन्। कुल शेयरमा चिलिमेको २ करोड २४ लाख ३७ हजार ३१० कित्ता शेयर छ भने प्राधिकरणको एक करोड १५ लाख २३ हजार सात सय ८० शेयर छन्। यता सान्जेनको पनि सबस्टेसन त्यही हो। यसको पनि अवस्था त्यस्तै छ।
तर नेपाल बिद्युत् प्राधिकरणले भने तीव्र गतिमा काम भइरहेकोले जति सक्दो छिटो काम हुने बताएको छ। तर यसै दिनबाट बिजुली लिन काम सुरु गरिन्छ भनेर अहिले नै भन्न नसकिने प्राधिकरणका सूचना अधिकारी भगवान् ढकालले बताए।
यदि समयमै काम सकिने हो भने नेपाल बिद्युत् प्राधिकरण र चिलिमेलाई सबैभन्दा बढी फाइदा हुने छ। किनकी उनीहरूलाई यी तीनै कम्पनीले कम्तीमा पनि १० प्रतिशतका दरले लाभांश दिए भने पनि प्राधिकरण र चिलिमेका शेयर लगानीकर्तालाई राम्रो प्रतिफल प्राप्त हुने
