Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने

अर्थ प्लस
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने

काठमाडाैं, वैशाख १५ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ८४ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ । राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले कुल रकममध्ये ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ वाणिज्य बैंकमा, ५७ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १९ करोड २१ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख १७ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।

सम्बन्धित समाचार