Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

५ अर्बको ऋणपत्र निष्कासन गर्न एनएमबि बैंकले माग्याे धितोपत्र बोर्डसँग अनुमति

५ अर्बको ऋणपत्र निष्कासन गर्न एनएमबि बैंकले माग्याे धितोपत्र बोर्डसँग अनुमति

अर्थ प्लस
५ अर्बको ऋणपत्र निष्कासन गर्न एनएमबि बैंकले माग्याे धितोपत्र बोर्डसँग अनुमति

काठमाडाैं, वैशाख १५ । एनएमबि बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ । बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा वैशाख ११ गते निवेदन दिँदै ऋणपत्र ल्याउन अनुमति मागेको हो ।

बैंकले एनएमबि पावर बोन्ड–१ नामक ऋणपत्र ल्याउन लागेको हो । सेबोनले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ ।

बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो । एनएमबि बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

 

सम्बन्धित समाचार