Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
सेयर बजार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ?

काठमाडौ, २७ पुस । हिमालयन एभरेष्ट इन्स्योरेन्सले  लाभांश पारित गर्ने भएको छ ।उक्त लाभांश वितरण गर्न माघ २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा गत वर्षको नाफाबाट बोनस सेयर ८.६३ प्रतिशत र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने कम्पनीले  जनाएको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेकोछ । 

सभा बानेश्वर ब्यांकेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ १४ गते आइतबार बुक क्लोज गर्ने भएको छ । माघ ११ गतेसम्म सेयर किन्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् ।
 

सम्बन्धित समाचार