Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिफारिस समिति नै अर्को बनाइने, गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने

सिफारिस समिति नै अर्को बनाइने, गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने

अर्थ प्लस
सिफारिस समिति नै अर्को बनाइने, गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने

काठमाडौं, वैशाख २८ । गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ । शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए ।

पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको हो । पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए ।

“हामीले गुणाकर भट्टलाई नै बनाउन खोजेका हौँ, तर सिंगो कांग्रेस लाग्दा पनि सकिएन,” कांग्रेसका एक पदाधिकारीले भने, “कामु गभर्नर निलम ढुंगानाले सबै काम गर्नुभएको छ तर सार्वजनिक रुपमा नै मैले राजीनामा स्वीकृत गर्दिन भनेर अडान राख्नुभयो । एकजना व्यक्तिका विरुद्ध यसरी लाग्नुहुँदैन थियो । अब भट्टलाई उहाँले आउनै नदिने भएपछि गभर्नर खाली राख्ने कुरा पनि भएन । त्यसैले विश्व पौडेलको नाम सिफारिस गरिएको हो ।”

ती पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बोलाएर ढुंगानालाई अनुरोध गर्दा पनि नमानेको दाबी गरे ।

“प्रधानमन्त्रीले नै बोलाएर भन्दा पनि निलमले मानिनन्,”ती पदाधिकारीले भने, “बाहिरै भनिन् स्वीकृति गर्दिनन् भनेर । तर सबै कागजात स्वीकृत गरेकी छन् । यसले राम्रो सन्देश गएन ।”

उनले अहिलेसम्मको अवस्थामा विश्व पौडेलको नाम सिफारिस गरिएको बताउँदै भने, “शतप्रतिशत त कसरी भन्न सकिन्छ र ? सिंगो पार्टी नै लाग्दा पनि भट्टलाई बनाउन सकिएन । तर विश्व पनि विवादमा नआएका व्यक्ति हुन् । उनलाई बनाउनुपर्छ भनेर हामीले नाम प्रस्ताव गरेका छौँ ।”

पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी गरिएको उनले जानकारी गराए ।

“विजयनाथ भट्टराईले राजीनामा दिनुभयो, महाप्रसाद अधिकारीको नाम प्रस्ताव गर्‍यौँ तर अदालतमा मुद्दा पर्‍यो,” उनले भने, “अब अदालतबाट निर्णय आउन समय लाग्न सक्छ । त्यसैले नयाँ दुईजना सदस्य राखेर अर्थमन्त्रीको टिमले विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ ।”

सम्बन्धित समाचार