Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
कर्पोरेट

निर्जीवन बीमाको बीमा शुल्क संकलनमा शिखर अगाडि, दोस्रोको लागि भने कडा प्रतिस्पर्धा

निर्जीवन बीमाको बीमा शुल्क संकलनमा शिखर अगाडि, दोस्रोको लागि भने कडा प्रतिस्पर्धा

निर्जीवन बीमाको बीमा शुल्क संकलनमा शिखर अगाडि, दोस्रोको लागि भने कडा प्रतिस्पर्धा

काठमाडौं, १६ फागुन । निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा झन्डै ३ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । माघ महिनामा ३ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेर १९ खर्ब २४ अर्ब १९ करोड ३४ लाख ९२ हजार रुपैयाँ बराबरको सम्पत्ति बिमांकित गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सञ्चालन अनुमति प्रदान गरेको १४ वटा बीमा कम्पनीहरुमध्ये माघ महिनामा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले २८ हजार १ सय ९० वटा बीमा लेख बिक्री गरेकाेछ । शिखरले माघ महिनामा सो संख्यामा बीमा लेख बिक्री गरेर ४४ करोड ४८ लाख ९२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । यसबापत शिखरले ८६ अर्ब ६३ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको सम्पत्तिको बीमा गरेको छ ।

शिखर इन्स्योरेन्सलाई पछ्याउँदै दोस्रो स्थानको लागि सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, राष्ट्रिय बीमा कम्पनी र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । शिखरलाई पछ्याउँदै धेरै निर्जिवन बीमा लेख जारी गर्ने कम्पनीहरु नेको इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुले २० हजारदेखि २५ हजारको संख्यामा बीमा लेख बिक्री गरेका छन् । शिखर, नेको र राष्ट्रिय बीमा कम्पनीबाहेक सातौ स्थानसम्म धेरै बीमा लेख बिक्री गर्ने कम्पनीहरु सबै मर्जरमा सामेल भएका कम्पनीहरु हुन् ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर मर्जर भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको थियो भने सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्जर भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स भएको थियो । हिमालयन इन्स्योरेन्स एभरेष्टसँग एक आपसमा गाभिएर हिमालयन एभरेष्ट बनेको थियो भने आइजीआई र प्रुडेन्सियल मर्जर भएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बनेको थियो । २० हजारभन्दा बढी बीमा लेख बिक्री गर्ने कम्पनीहरुमा शिखर इन्स्योरेन्स मर्जरको सहारा बिना नै प्राधिकरणले तोकेको साँढे २ अर्बको चुक्ता पुँजी पुर्याइसकेको छ भने नेको इन्स्योरेन्सले बोनस शेयर जारी गरेर नै पुँजी पुर्याउने क्षमता राख्दछ । राष्ट्रिय बीमा कम्पनी भने सरकारी स्वामित्व रहेको कम्पनी रहेका कारण सरकारी अधिकारीहरुको निर्णयमा कम्पनीको पुँजी वृद्धि योजनाको निर्णय हुने गर्दछ ।

नेपाल इन्स्योरेन्सले १८ हजार, युनाइटेड अजोड इन्स्योरेन्सले १७ हजार, एनएलजी इन्स्योरेन्सले १६ हजार, सानिमा जीआईसी इनस्योरेन्सले १३ हजार ५ सय, प्रभु इन्स्योरेन्सले ११ हजार ४ सय बीमा लेखा बिक्री गरेका छन् । दि ओरियन्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडले भने सबैभन्दा कम बीमा लेख बिक्री गरेका छन। दुवै कम्पनीले अहिले सर्वसाधारण शेयर जारी गरेको छैन।

माघ महिनामा संकलन गरेको बीमा शुल्क संकलनको आधारमा शिखर इन्स्योरेन्सले कुल बीमा शुल्कको १४.८५ प्रतिशत संकलन गरेको छ भने सगरमाथा लुम्बिनी इन्स्योेरेन्सले १०.८५ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ९.९२ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीले ९ दशमलब ३५ प्रतिशत बीमा शुल्क संकलन गरेका छन् ।

सम्बन्धित समाचार