Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

फेब्रुअरीमा साढे ९७ हजारले घुमे नेपाल, सबैभन्दा बढी भारतीय पर्यटक

फेब्रुअरीमा साढे ९७ हजारले घुमे नेपाल, सबैभन्दा बढी भारतीय पर्यटक

फेब्रुअरीमा साढे ९७ हजारले घुमे नेपाल, सबैभन्दा बढी भारतीय पर्यटक

काठमाडौं, १८ फागुन । गएको फेब्रुअरी महिनामा झण्डै साढे ९७ हजार जना विदेशी पर्यटकले नपाल घुमेका छन् । अध्यागमन विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका हुन् ।

विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी २५ हजार ५ सय ७८ जना भारतीय पर्यटक नेपालमा आएका छन् । यस्तै यसै अवधिमा चीनबाट ९ हजार १ सय ८०, अमेरिकाबाट ९ हजार ८९, थाईल्याण्डबाट ४ हजार ७ सय ९९ र बेलायतबाट ४ हजार ५ सय ७१ जना पर्यटक नेपाल आएका छन् ।

फेब्रुअरीमा नेपालमा भित्रिएको पर्यटकको संख्या सन २०१९ यताकै उच्च हो । सन २०१९ को फेब्रुअरीमा १ लाख २ हजार बढी पर्यटक नेपाल भित्रिएका थिए ।

सम्बन्धित समाचार