Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
कर्पोरेट

हिमालयन रिइन्स्याेरेन्सको फागुन २० गते साधारण सभा

हिमालयन रिइन्स्याेरेन्सको फागुन २० गते साधारण सभा

हिमालयन रिइन्स्याेरेन्सको फागुन २० गते साधारण सभा

काठमाडौं, १८ फागुन ।  हिमालयन रिइन्स्याेरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। सभा, आइतबार फागुन २० गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। 

साधारण सभामा कम्पनीले सेयरधनीहरुका लागि ४.२१ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। 

यसैगरी, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको कम्पनीले जनाएको छ। 

सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। नियामक निकाय बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिएपछि हिमालयनले हकप्रदको बाटो रोजेको हो।

त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ। 

सम्बन्धित समाचार