Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेन्डा

सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेन्डा

अर्थ प्लस
सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेन्डा
काठमाडौं, जेठ ४ । सेन्ट्रल फाइनान्सको वर्षिक साधारण सभा आज जेठ ४ गते आइतबार बस्दैछ । सभा, सेन्ट्रलको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । यसकारण, यो पटक सेयरधनीको हाल खाली हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले वैशाख २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित समाचार