Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

पल्सर N125 बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै, सुगम, उर्गेनदेखि कमलसम्मको लाइभ प्रस्तुति

पल्सर N125 बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै, सुगम, उर्गेनदेखि कमलसम्मको लाइभ प्रस्तुति

पल्सर N125 बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै, सुगम, उर्गेनदेखि कमलसम्मको लाइभ प्रस्तुति

सोमवार, जेठ ५ २०८२
काठमाडौँ । पल्सर N125 झापा, बिर्तामोडमा पल्सर सांगीतिक कार्यक्रमसहित लन्च गरिने भएको छ । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।ले उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च संगीतमय साँझमार्फत गरिने भएको हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ ।

जेठ ६ गते साँझ ६ः३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ।कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछिन् ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125  हो, जसमा १२४.५८ cc एयर–कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५ cc सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, “N125 लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।”

सम्बन्धित समाचार