Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढ्यो

अर्थ प्लस
सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढ्यो

काठमाडौं, फागुन २० । नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित समाचार