Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

एमाले र रास्वपासँग गठबन्धन गर्दै प्रधानमन्त्री प्रचण्ड

एमाले र रास्वपासँग गठबन्धन गर्दै प्रधानमन्त्री प्रचण्ड

अर्थ प्लस
एमाले र रास्वपासँग गठबन्धन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, फाल्गुण २१ । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन विघटनको संघारमा पुगेको छ। नयाँ गठबन्धनका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रसरता लिइसकेका छन्।

प्रचण्डले कांग्रेसलाई बिदा गरेर एमाले र रास्वपासँग गठबन्धन गर्न लागेका हुन्। हिजोमात्रै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग एक्लै वार्ता गरेका थिए। त्यस्तै, साँझ महासचिव शंकर पोखरेलसहित ओली, प्रचण्ड र माओवादीका वर्षमान पुनलगायत नेताहरुबीच छलफल भएको थियो।

आज बिहानैदेखि दलहरु बिहानैदेखि बैठकमा जुटेका छन्। माओवादीको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ भने नेकपा एमालेको सचिवालय बैठक ओली निवास बालकोटमा बसिरहेको छ। रास्वपाले पनि सचिवालय बैठक बोलाएको छ।

परिस्थिति परिवर्तन भएपछि सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। आज बिहान ८ बजेका लागि बोलाइएको बैठक औचित्य नभएपछि नबसेको हो। यसैगरी परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण अचानक स्थगित भएको छ। उनी आज फिनल्याण्ड प्रस्थान गर्ने कार्यक्रम थियो।

सम्बन्धित समाचार