Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

नयाँ गठबन्धनका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नयाँ गठबन्धनका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

अर्थ प्लस
नयाँ गठबन्धनका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ, फाल्गुण २१ ।  सत्ता गठबन्धनमा फेरबदलसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका हुन्।

एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्। उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। 

तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका हितबहादुर यसअघि खेलकुद मन्त्री भएका थिए। उता एमालेका पदम गिरी २०७९ पुसदेखि केबल ३२ दिन स्वास्थ्यमन्त्री भएका थिए। रास्वपाका अर्याल पनि त्यही बेला श्रममन्त्री बनेका थिए।

सम्बन्धित समाचार