Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हट्यो

डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हट्यो

अर्थ प्लस
डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हट्यो

काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा भ्याट खारेज गरेको हो ।

डिजिटल भुक्तानीमा हाल १३ प्रतिशत भ्याट लागेपछि सेवा शुल्क महँगिएको थियो ।

‘डिजिटल कारोबारलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छु’ मन्त्री पौडेलले बजेट भाषणका क्रममा भने ।

१३ प्रतिशत भ्याट हटेपछि अब सेवा प्रदायकले डिजिटल कारोबारमा लाग्ने शुल्क पनि केही घट्नेछ ।

११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क १० रुपैयाँमा झर्नेछ भने ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झर्नेछ ।

सम्बन्धित समाचार