Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा एकैपटक शाखा विस्तार, धनुषादेखि कञ्चनपुरसम्म

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा एकैपटक शाखा विस्तार, धनुषादेखि कञ्चनपुरसम्म

अर्थ प्लस
राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा एकैपटक शाखा विस्तार, धनुषादेखि कञ्चनपुरसम्म

काठमाडौं, जेठ २६ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार  गरेको छ ।

बजारमा आक्रमक रुपमा अघि बढिरहेको बाणिज्य बैंकले धनुषा जिल्लास्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्लास्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्लास्थित शाखा कार्यालय झलारी, कैलाली जिल्लास्थित शाखा कार्यालय टिकापुर र  सुख्खड, काठमाडौं जिल्लास्थित शाखा कार्यालय कपन, रुपन्देशी जिल्लास्थित शाखा कार्यालय सैनामैना, दाङ्ग जिल्लास्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्लास्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्लास्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी एकै पटक कारोबार शुरु गरेको छ । यसपछि बैंकको 

अहिलेसम्म गरी बैंकको शाखा कार्यालयहरुको संख्या ३ सय ७ पुगेको छ ।  

साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ । 

 

सम्बन्धित समाचार