काठमाडौ, २३ फागुन । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीले २८ महिनापछि आफ्नो लाइफटाइम हाई रेकर्ड तोडेको छ। अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्य ६९ हजार डलर नाघेको छ। चालु आवमा बिटक्वाइनले लगानीकर्तालाई ६० प्रतिशतभन्दा बढी प्रतिफल दिएको छ।
लाइफटाइम हाईमा बिटक्वाइन
मंगलबार अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्य २८ महिनापछि कीर्तिमानी स्तरमा पुगेको छ । यसको मूल्यले नोभेम्बर २०२१ को स्तर पनि पार गरेको छ। कारोबारको समयमा यसको मूल्य ६९ हजार २०८.७९ डलर पुगेको थियो। नोभेम्बर २०२१ को पहिलो हप्तामा बिटक्वाइनको मूल्य ६८,९९१ डलर पुगेको थियो। यी २८ महिनामा बिटक्वाइनको मूल्य २० हजार डलरभन्दा बढी घटेको थियो। जसको प्रमुख कारण ब्याजदरमा निरन्तर वृद्धि थियो। फलस्वरुप डलरको भाउ निरन्तर बढीरहेको थियो। बिटक्वाइनको मूल्यसँगै अन्य क्रिप्टोकरेन्सीको मूल्य पनि घटिरहेको थियो।
वृद्धि किन भयो ?
बिटक्वाइनको मूल्य बढ्नुमा दुईवटा मुख्य कारण दिइएको छ। यसको पहिलो कारण यूएस क्रिप्टोकरेन्सी एक्सचेन्ज ट्रेडेड फण्डमा बिटक्वाइनको बढ्दो माग हो। आपूर्ति कम भएकाले भाउ बढेको बताइएको छ। दोस्रो प्रमुख कारण अमेरिकी फेडरल रिजर्भले आगामी महिनाहरूमा ब्याजदरमा कटौतीको घोषणा गर्न सक्ने सम्भावना रहेको छ। जसका कारण डलर इन्डेक्समा गिरावट र बिटक्वाइनको मूल्य बढेको हो। विज्ञहरूका अनुसार जनवरीको अन्त्यमा अमेरिकाको सेक्यूरिटी एण्ड एक्सचेञ्ज कमिशनले ११ स्पट बिटक्वाइन ईटीएफलाई स्वीकृति दिएपछि यसमा लगानीकर्ताको चासो बढेको हो।
