Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन बैंकको लमजुङ दुधपोखरीमा शाखा स्थान्तरण

हिमालयन बैंकको लमजुङ दुधपोखरीमा शाखा स्थान्तरण

अर्थ प्लस
हिमालयन बैंकको लमजुङ दुधपोखरीमा शाखा स्थान्तरण

काठमाडौं, जेठ २७ । हिमालयन बैंक लिमिटेडले लमजुङको दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्नेबाट यहि २६ गते देखि दूधपोखरी शाखाको नाउँमा कारोबार हुनेगरी स्थान्तरण गरेको छ । 

नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरेको  प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाले बताए ।  अब दुधपोखरी शाखाबाटै सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको उनले बताए । 

उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बैंकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए । 

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम,  ८,००० भन्दा बढी POS Terminals  र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार