Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

समस्याग्रस्त सहकारीका ऋणीलाई ३५ दिनभित्र साँवा–ब्याज तिर्न निर्देशन, सम्पत्ति रोक्का गरी कालोसूचीमा राख्ने चेतावनी

समस्याग्रस्त सहकारीका ऋणीलाई ३५ दिनभित्र साँवा–ब्याज तिर्न निर्देशन, सम्पत्ति रोक्का गरी कालोसूचीमा राख्ने चेतावनी

अर्थ प्लस
समस्याग्रस्त सहकारीका ऋणीलाई ३५ दिनभित्र साँवा–ब्याज तिर्न निर्देशन, सम्पत्ति रोक्का गरी कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं,२३ फागुन । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा–ब्याज तिर्न निर्देशन ताकेता गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना निकालेर यस्तो ताकेता गरेको हो। तोकिएको समयमा ऋणको साँवा–ब्याज भुक्तानी नगरे ऋणीको बैंक खाता र सम्पत्ति रोक्का गरी कालोसूचीमा समेत राखिने कार्यालयले चेतावनी दिएको हो । 

समस्याग्रत घोषिण पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका ऋणलाई ऋणको सावा–ब्याज भुक्तानी गर्न कार्यालयले निर्देशन दिएको छ। ऋणको साँवा–ब्याज यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र समितिको कार्यालयमा उपस्थित भई राफसाफ गर्न कार्यालयले सूचित गरेको छ।

1.JPG

सम्बन्धित समाचार