Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ग्रीन डेभलपमेन्ट बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आबद्ध

ग्रीन डेभलपमेन्ट बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आबद्ध

अर्थ प्लस
ग्रीन डेभलपमेन्ट बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आबद्ध

काठमाडौं, जेठ ३० । ग्रीन डेभलपमेन्ट बैंक र एनसीएचएलबिच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । 

एनसीएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् ।

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात ग्रीन डेभलपमेन्ट बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । 

एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपिएस–एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाँईमा पु-याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरू मध्येको ग्रीन डेभलपमेन्ट बैंकले देशभरी रहेका १५ वटा शाखा मार्फत ग्राहकवर्गहरूलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित समाचार