Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण GESI योजनाको घोषणा लिङ्ग

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण GESI योजनाको घोषणा लिङ्ग

अर्थ प्लस
एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण GESI योजनाको घोषणा   लिङ्ग

शुक्रवार, फाल्गुण २५ २०८०
एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण GESI योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्सान गरेको छ ।

GESI ले समग्र बैंकीङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्र्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको छ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण GESI योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्‍याम्प  स्थापना गरेको छ । 

साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व Women Leadership कार्यक्रम समेत सुरुवात गरिसकेको छ ।महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । 

एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेकोछ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याईसकेको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८३ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार