Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बढ्दो डिजिटल फ्रड र वित्तीय अपराध न्यूनिकरणमा राष्ट्र बैंकको चासो, सरोकारवालासँग अन्तरक्रिया

बढ्दो डिजिटल फ्रड र वित्तीय अपराध न्यूनिकरणमा राष्ट्र बैंकको चासो, सरोकारवालासँग अन्तरक्रिया

अर्थ प्लस
बढ्दो डिजिटल फ्रड र वित्तीय अपराध न्यूनिकरणमा राष्ट्र बैंकको चासो, सरोकारवालासँग अन्तरक्रिया

काठमाडौं। पछिल्लो समय बढ्दै गएको विद्युतीय भुक्तानीसँग सम्बन्धित जोखिम न्यूनिकराणमा राष्ट्र बैंकले चासो देखाएको छ। बढ्दो साइबर अपराध, डिजिटल फ्रड, वित्तीय अपराधले आएको जोखिमलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। 

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले असार ८ गते राजधानीको हिल्टन होटलमा ‘विद्युतीय भुक्तानी प्रणालीमार्फत भएका आपराधिक क्रियाकलाप र जोखिम’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरी विद्युतीय भुक्तानीसँग सम्बन्धित जोखिम न्यूनिकरणको बारेमा सरोकावालाहरुसँग छलफल गरेको हो।  

कार्यक्रममा बैंकर्स संघको तर्फबाट, भक्तानी प्रदायकको तर्फबाट र राष्ट्र बैंक भुक्तानी प्रणाली विभागको तर्फबाट डिजिटल फ्रड तथा वित्तीय अपराध न्यूनिकरण विषयमा कार्यपत्र प्रस्तुत भएको थियो।
 
जसमा इन्टरनेट, मोबाइल, कम्प्युटर वा अन्य डिजिटल माध्यमको प्रयोग गरेर गरिने ठगी, झुटो विवरण, पैसा चोर्न वा लुट्न गरिने अपराधिक कार्यहरू कसरी हुन्छ? र न्यूनिकरणका उपया के–के अवलम्बन गर्ने भन्ने प्रष्ट पारिएको थियो। जसमा फिशिङ, साइबर ठगी, स्मिषिङ, भाइस फिशिङ, क्रेडिट/डेबिट कार्ड फ्रड, ह्याकिङ कसरी हुन्छ र जोगिन के गर्ने? झुटा इमेल वा वेबसाइट प्रयोग गरेर ग्राहकको बैंक खाता, पासवर्ड वा व्यक्तिगत जानकारी लिने, झुटा मोबाइल म्यासेजमार्फत् ओटिपि माग्ने, अनलाइन सामान नदिइ पैसा लिने, फेसबुकलगायत अन्य सामाजिक सञ्जालमार्फत् नक्कली ‘लटरी’ जितेको भनेर पैसा माग्ने जस्ता डिजिटल फ्रड बढेको र यसबाट जोगिन के गर्ने उल्लेख गरिएको थियो। 

कार्यक्रममा अवैध तरिकाले आर्थिक लाभ उठाउने जस्ता वित्तीय अपराध रोक्न के गर्ने भन्ने विषयमा समेत छलफल भएको थियो। बैंकको भष्ट्रचार, मनी लन्डरिङ, कर छली, अनलाइ बैंकिङ ठगी, एटिएम फ्रडलगायतका विषय समेटिएका थिए। 

राष्ट्र बैंकको आयोजनामा नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक विद्युतीय भुक्तानीको कारोबार गर्ने इजाजतपत्र संस्थाहरुबीच अन्तरक्रिया भएको हो। जसमा पछिल्लो समय बढेको डिजिटल फ्रड, वित्तीय अपराध कसरी कम गर्ने? जोखिम कसरी न्यूनिकरण गर्ने बिषयमा छलफल भएको थियो। 

उक्त अन्तरक्रिया भुक्तानी प्रणाली विभागको नियमित कार्यक्रम हो। कार्यक्रममा गभर्नर डा.विश्वनाथ पौडेलले डिजिटल फ्रड तथा वित्तीय अपराध रोक्न सबै पक्षले आपसी समन्वय गर्नुपर्ने बताएका थिए। उनले सबै पक्षले यस्ता विषयमा संवेदनशील तथा सचेत भएर जोखिम व्यवस्थापन गर्न आग्रह गरे। 

भुक्तानी प्रणाली प्रणालीको माध्यमबाट हुन सक्ने आपराधिक क्रियाकलाप र जोखिममा आधारित भई बैंकहरुको प्रमुख जोखिम व्यवस्थापन अधिकृत,भुक्तानी सञ्चालक र भुक्तानी प्रदायका कार्यकारी अधिकृतहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको थियो। 

कार्यक्रम राष्ट्र बैंकका गभर्नरसहित डेपुटी गभर्नरद्वय डा.निलम तिमल्सिना, नियमन विभाग प्रमुख, सुपरिवेक्षण विभागहरुका प्रमुख, भुक्तानी प्रणाली विभागका प्रमुख, नेपाल बैंकर्स संघका अध्यक्ष, विकास बैंक संघको अध्यक्ष तथा उपाध्यक्ष, प्रहरीको साइबर ब्यूरोबाट, अपराध अनुसन्धान महाशाखाबाट, केन्द्रिय अनुसन्धान ब्यूरोबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार