Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

गाेलभेडाकाे भाउ बढ्याे, प्याजकाे भने घट्याे

गाेलभेडाकाे भाउ बढ्याे, प्याजकाे भने घट्याे

अर्थ प्लस
गाेलभेडाकाे भाउ बढ्याे, प्याजकाे भने घट्याे

काठमाडौ, २७ फागुन । पछिल्लो समय भारतीय गोलभेडाको भाउ बढिरहेको छ । गोलभेडाको भाउ एक सातामा १० रुपैयाँले महंगिएको छ ।

आइतबार कालीमाटी बजारमा गोलभेडा एक किलोको ७५ रुपैयाँमा खरिदबिक्री भएको छ । कालीमाटी तरकारी बजार समितिका अनुसार फागुन १९ गते, गोलभेडाको थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ । यसरी एक सातामा नै गोलभेडा १३.३३ प्रतिशतले वृद्धि भएको छ । यद्धपी नेपाली गोलभेडाको भाउ भने खासै परिवर्तन भएको छैन । ठूलो नेपाली गोलभेडा प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कालीमाटीमा सानाे लाेकल गाेलभेडा प्रतिकिलाे २२ रूपैयाँ ३० पैसा र टनेलकाे गाेलभेडा ३७ रूपैयाँ ६७ पैसा रूपैयाँ थाेक मूल्य रहेकाे छ ।

तर प्याजको भाउ भने एक सातामा सस्तिएको छ । फागुन १९, शनिबारको तुलनामा  फागुन २६ गते, आईतबार प्याज १७.३३ प्रतिशतले गिरावट भएको छ । कालीमाटीमा आइतबार प्याजको थोक मूल्य एक किलोको ७५ रुपैयाँ रहेको छ । जुन गत साता ८८ रुपैयाँ तोकिएको थियो ।

भारतमा गाेलभेडाकाे भाउ महंगिएकाले पनि नेपालमा यसकाे प्रभाव परेकाे हाे । छिमेकी मुलुकमा एक महिनाकाे तुलनामा गाेलभेडा ३८ प्रतिशतले बढेकाे छ । 

सम्बन्धित समाचार