Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

महालक्ष्मी विकास बैंकको पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

महालक्ष्मी विकास बैंकको पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

अर्थ प्लस
महालक्ष्मी विकास बैंकको पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं- महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप “ महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्युआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछन् । भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ ।

यस अन्तर्गत हालको भौतिक क्रेडिट कार्डको आवश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य हुनेछ । सेवाको थालनी सँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई रु. ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएकोले ग्राहकहरूलाई अझ फाइदाजनक हुनेछ ।

डिजिटल नवप्रवर्द्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बैंकमा पहिलो विकास बैंक बनेको छ ।

यो सुविधा थप गरेसँगै डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार