Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य बढ्यो

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य बढ्यो

अर्थ प्लस
आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य बढ्यो

आषाढ २४, २०८२ मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा रहेको थियो । हिजोको तुलनामा आज अमेरिकी डलरको मूल्य बढेको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा रहेको छ । स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा तोकेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा निर्धारण गरिएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५४ पैसा र बिक्रीदर २१ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५० रुपैयाँ ८४  पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ तीन पैसा र विक्रीदर ३५७ रुपैयाँ ५८ पैसा रहेको छ ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

सम्बन्धित समाचार