Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बैंकिङ क्षेत्रमा अराजकताको खतराः स्थानीय सरकारको असहयोगले कर्जा असुली प्रभावित

बैंकिङ क्षेत्रमा अराजकताको खतराः स्थानीय सरकारको असहयोगले कर्जा असुली प्रभावित

अर्थ प्लस
बैंकिङ क्षेत्रमा अराजकताको खतराः स्थानीय सरकारको असहयोगले कर्जा असुली प्रभावित

काठमाडौं। नेपालको बैंकिङ क्षेत्र अराजकताको खतरामा परेको भन्दै बैंकर्सहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बैंक तथा वित्तीय संस्थामाथि कर्जा असुली प्रक्रियाका क्रममा भइरहेका भौतिक आक्रमण र कर्मचारीमाथि बढ्दो मानसिक दबाबप्रति चार वटा छाता संगठनले गम्भीर चिन्ता व्यक्त गरेका हुन्। 

आज नेपाल बैंकर्स संघ, विकास बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यसरी असुरक्षा बढ्दा वित्तीय क्षेत्रको मर्यादा खलबलिने र कर्मचारीको मनोबल पूर्ण रूपमा घट्ने चेतावनी दिएका छन्।

पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्जा असुलीलाई लिएर झडप र तोडफोडका घटना बढेका छन्। बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकद्वारा जारी नीति, प्रक्रिया तथा कानुनी प्रावधानअनुसार कर्जा प्रवाह र असुली गर्ने भए पनि मालपोत कार्यालयलगायत विभिन्न निकायबाट समेत असहयोग भएको गुनासो उनीहरूको छ।

विशेषगरी स्थानीय तहबाट कर्जा सिफारिस नदिने र दिने खण्डमा पनि अनावश्यक रूपमा ढिला सुस्ती गर्ने कार्यले गर्दा बैंकहरूले कानुनी दायराभित्र रही सहज रूपमा कर्जा असुली प्रक्रिया अगाडि बढाउन नसकेको विज्ञप्तिमा उल्लेख छ। यसले समग्र वित्तीय प्रणालीमा नै समस्या उत्पन्न हुने जोखिम बढेको ती संगठनको ठहर छ।

देशको समग्र आर्थिक विकासमा स्थानीय निकाय र बैंक तथा वित्तीय संस्थाबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ, ‘सहकार्य र सद्धभावको भावनाअनुरूप यस विषयलाई सम्बोधन गर्न जरुरी छ।’

उनीहरूले बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूको कर्जा असुली प्रक्रियामा देखिएका समस्या समाधान गर्न स्थानीय पदाधिकारीको सहयोग र समन्वयका लागि आह्वान गर्दै सबै शान्ति सुरक्षाका लागिसमेत सम्बन्धित निकाय तथा सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

देशको समग्र आर्थिक विकासका लागि स्थानीय निकाय, बैंक तथा वित्तीय संस्थाबीचको समन्वय र सहकार्य अपरिहार्य रहेकामा जोड दिँदै कर्जा असुली प्रक्रियामा देखिएका समस्या समाधान गर्न सम्बन्धित स्थानीय पदाधिकारीको सहयोगको आह्वान गरेका छन्। शान्ति–सुरक्षा प्रत्याभूति गराउन सम्बन्धित निकाय र सरोकारवालालाई आग्रह गरिएको छ।

सम्बन्धित समाचार