Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआईसी एशिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेको सेवामा छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेको सेवामा छुट पाउने

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेको सेवामा छुट पाउने

काठमाडौं- एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच बैंकका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै बैंकका ग्राहकहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् । 

भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् । वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको बैंक र होमस्टेबीचको यस साझेदारीले ग्राहकहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 

सम्बन्धित समाचार