Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, ४ चैत । आज नेपाली सुनचाँदी सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर किनबेच भइरहेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेर किनबेच भइरहेको छ । मूल्य बढेसँगै आज चाँदीको मूल्य तोलामा १ हजार ५३० रुपैयाँमा किनबेच भइरहेको छ ।  

सम्बन्धित समाचार