Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

प्रभु बैंक ग्राहकले फ्रन्टलाईन हस्पिटलबाट सेवा लिँदा छुट पाउने

प्रभु बैंक ग्राहकले फ्रन्टलाईन हस्पिटलबाट सेवा लिँदा छुट पाउने

अर्थ प्लस
प्रभु बैंक ग्राहकले फ्रन्टलाईन हस्पिटलबाट सेवा लिँदा छुट पाउने

विहीबार, ०८ साउन २०८२
काठमाडौं । काठमाडौं महानगरपालिका १०, बानेश्वरस्थित फ्रन्टलाईन हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने  भएका छन् । सो छुट सेवासुविधा फ्रन्टलाईन हस्पिटलमा प्राप्त गर्न  सकिनेछ । उक्त सम्झौतापत्रमा फ्रन्टलाईन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंक लिका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षर भएको हो ।

हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर सञ्चालित छन् । ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । 

सम्बन्धित समाचार