Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिद्धार्थ बैंकका ग्राहकहरूले सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकहरूले सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट पाउने

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकहरूले सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा.लि.बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् । ग्राहकहले क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशतसम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

सो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा फोन वा इमेलमार्फत पनि सम्पर्क गर्न सकिनेछ । 

 

सम्बन्धित समाचार