काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकहरुलाई लाभांश वितरण गर्न आग्रह गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरूसँगको छलफलका क्रममा गभर्नर पौडेलले यस्तो आग्रह गरेका हुन् ।
उनले अर्थतन्त्र गतिशील बनाउने समय आएको भन्दै बजार चलायमान बनाउन बैंकहरुले लाभांश बाँड्नुपर्ने पनि बताएका छन् ।
गभर्नर डा. पौडेलले बैंकहरुलाई छिटो वार्षिक साधारण सभा आयोजना गरेर लाभांश बाँड्न आग्रह गरेका छन् । त्यसै क्रममा उनले बोनस सेयरको साटो नगद लाभांश बाँड्न पनि बैंकहरुलाई आग्रह गरेका छन् ।
त्यस्तै, गभर्नर डा. पौडेलले नगद लाभांश दिँदा लगानीकर्ताको हातमा सीधा पैसा पर्नै र सोही पैसा नयाँ क्षेत्रमा लगानी हुँदा बजारमा चलायमान हुने अर्थतन्त्रमा टेवा पुग्ने बताएका थिए । यसो गर्दा लामो समयदेखि बैंकहरूले दिने लाभांश पनि कम र स्राव्याही पनि लाभांश भने बोनस सेयरको रूपमा दिँदा बैंकको पूँजी मात्र बढ्ने र लगानीकर्ताको हात खाली रहने स्थिति बनेको पनि गभर्नरले बताएका थिए ।
अर्कोतर्फ बैंकको संस्थापकलाई सेयर कारोवार गर्न नदिने गरी गरिएको नीतिलाई पनि अड्चन बनाएको गभर्नर पौडेलले बताएका छन् । छलफलका क्रममा उनले उक्त संस्थापक सेयरको कारोवारलाई समेत खुल्ला बनाउनु पर्ने धारणा राखेका थिए ।
