Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

आन्दोलनरत सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै

आन्दोलनरत सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै

अर्थ प्लस
आन्दोलनरत सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै

काठमाडौं, ६ चैत । आन्दोलनरत सहकारी पीडितको माग सम्बोधन गर्न सरकारले आज वार्ता गर्ने भएको छ । वार्ता गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन भएको छ ।

वार्ता टोलीमा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे सह–संयोजक, गृहमन्त्रालय र अर्थमन्त्रालयको एक–एक जना सदस्य र सहकारी मन्त्रालयका उपसचिव विष्णु पौडेल सदस्य सचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन भएको छ ।

वार्ता टोलीले संघर्षरत पक्षसँग वार्ता एवं छलफल गरी समस्या समाधानका लागि नीतिगत, कानुनी, संरचनागत एवं व्यवस्थापकीय पक्षमा गर्नुपर्ने व्यवहारिक र कार्यान्वयनयोग्य विषय मन्त्रालयमा सिफारिस गर्नेछ ।

सम्बन्धित समाचार