Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

बीमाको रकम पाउन १० घन्टनासम्म बरफको बाल्टिनमा खुट्टा डुबाएपछि….

बीमाको रकम पाउन १० घन्टनासम्म बरफको बाल्टिनमा खुट्टा डुबाएपछि….

अर्थ प्लस
बीमाको रकम पाउन १० घन्टनासम्म बरफको बाल्टिनमा खुट्टा डुबाएपछि….

काठमाडौं, ७ चैत । ताइवानमा दुई युवकले बीमा कम्पनीलाई ठग्न अनौठो उपाय अपनाएको खुलासा भएको छ । ती दुई जनामाथि हिउँले खुट्टा खाएको भनेर बीमाको पैसा असुल्न १० घन्टनासम्म बरफको बाल्टिन खुट्टा डुबाएर बसेको अभियोग लागेको छ ।

ताइवानको अपराध अनुसन्धान विभागले चाङ्ग थर भएका ती युवालाई आफू पढ्ने विश्वविद्यालयका पूर्वविद्यार्थी लियाओेसँग मिलेर अनौठो खालको बीमा धोकाधडीको षडयन्त्र रचेको अभियोग लगाएको छ । यो घटना गएको वर्षको जनवरीको हो ।

अभियोजनकर्ताहरूले पाएको प्रमाणअनुसार चाङ्गले अक्षमता, घाउचोट, स्वास्थ्य र बीमा सुरक्षा बेहोर्ने गरी ५ वटा बीमकसँग बीमा गराएका थिए ।

सन् २०२३ को जनवरी २६ को रातमा चाङ्ग र लियाओ ताइपेई भएर मोटरसाइकल चढेर गए । चिसो मौसमका कारण चाङ्गको खुट्टा हिउँले खाएको भनिएको थियो । तर खुट्टामा समस्या हिउँका कारण भएको थिएन । एक बाल्टिन बरफमा उनले घन्टौं खुट्टा डुबाएका थिए । यो मामिलामा बीमा कम्पनीहरुबाट दुवैले ४ करोड १० लाख ताइवानी डलर ९१२ लाख ९० हजार अमेरिकी डलर० कुम्लयाउने आशा गरेका थिए ।

तर यसका लागि दुईमध्ये एउटाले ठुलै बलिदान दिनु पर्थ्यो । कुन उपायले काम गर्ला त भनेर विचार विमर्श गरेपछि चाङ्ग साढे २ करोड ताइवानी डलर लिएर दुवै खुट्टा गुमाउन राजी भए । उनले बरफको बाल्टिनमा १० घन्टाभन्दा बढी समयसम्म खुट्टा डुबाउनु पर्ने भयो । लियाओले उनलाई बसेको कुर्सीमा बाँधिदिए । जनवरी २८ मा १० घन्टासम्म खुट्टा डुबाएपछि चाङ्गलाई अस्पताल नै भर्ना गर्नुपर्‍यो । डाक्टरहरुले उनको खुट्टाको तल्लो भाग जोगाउन सकेनन् । दुवै खुट्टाको घुँडामुनिको हिस्सा काट्नु पर्‍यो ।

चाङ्गले बीमाको दाबी गरे । अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै एक बीमकले उनलाई २ लाख ३० हजार ताइवानी डलर दिए । तर अरू चार बीमकले यस मामिलामा अनुसन्धान गर्ने भए । छोटो समयमा लिइएको धेरै वटा बीमा नीति चाङ्को खुट्टा हिउँले खाएको परिस्थिति आदिबारे बीमा कम्पनी सशङ्कित भएर स्थानीय अधिकारी कहाँ उजुरी गरिदियो । अनुसन्धानका क्रममा चाङ्गको ठगीको खुलासा भयो । जुन दिन हिउँले खुट्टा खायो भनिएको थियो उक्त दिनको तापमान ६ देखि १७ डिग्री सेल्सियसबिच थियो ।

सम्बन्धित समाचार