Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले अन्नपूर्ण न्यूरो हस्पिटलको सेवामा छुट पाउने

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले अन्नपूर्ण न्यूरो हस्पिटलको सेवामा छुट पाउने

अर्थ प्लस
प्रभु बैंकका ग्राहक तथा कर्मचारीले अन्नपूर्ण न्यूरो हस्पिटलको सेवामा छुट पाउने

काठमाडौं- महानगरपालिका, वडा नं. ११, बबरमहलमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतासँगै प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो हस्पिटलमा प्राप्त गर्न सकिनेछ । 

उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो  हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटिङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका छन् ।  

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत् सेवा दिँदै आएको छ । प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड २०२४ अवार्डबाट पनि सम्मानित भएको छ । 

सम्बन्धित समाचार