Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआईसी एशिया बैंकका ग्राहकले ल्याल्डमार्क होटल एन्ड रिसोर्टमा छुट सुविधा पाउने

एनआईसी एशिया बैंकका ग्राहकले ल्याल्डमार्क होटल एन्ड रिसोर्टमा छुट सुविधा पाउने

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकले ल्याल्डमार्क होटल एन्ड रिसोर्टमा छुट सुविधा पाउने

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ल्याल्डमार्क होटल एन्ड रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टस्बाट उक्त छुटहरु प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

सम्बन्धित समाचार