Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको सेवामा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको सेवामा विशेष छुट

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको सेवामा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध हुने भएको छ । बैंक र उक्त हस्पिटलबिच सो सम्बन्धी सम्झौता भएसँगै ग्राहकहरूले छुट सुविधा पाउने भएका हुन् ।

सो समझदारीसँगै यस बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा General Bed-Hospital Admit, Cabin-Hospital Admit, ICU Bed, Ventilator, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Operation, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, T.M.T., Endoscopy र Medicine जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

सो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

सम्बन्धित समाचार