Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

महालक्ष्मी विकास बैंकका १०२ शाखा सञ्चालनमा, डिजिटल सेवा सुरक्षित

महालक्ष्मी विकास बैंकका १०२ शाखा सञ्चालनमा, डिजिटल सेवा सुरक्षित

अर्थ प्लस
महालक्ष्मी विकास बैंकका १०२ शाखा सञ्चालनमा, डिजिटल सेवा सुरक्षित

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना १०२ वटा शाखा कार्यालय पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ। साथै, बैंकका सम्पूर्ण डिजिटल सेवा पनि सुरक्षित रुपमा सञ्चालन भइरहेका छन्।

हालैका विषम घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बैंकले सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि गहिरो संवेदना प्रकट गरेको छ।

बैंकको पोखरा लेकसाइड शाखा भवन पूर्ण रुपमा क्षतिग्रस्त भएकाले त्यहाँका सेवा नजिकैका शाखामार्फत उपलब्ध गराइने जनाएको छ। मुलुकमा सुरु भएको सरकार गठन प्रक्रियाले असामान्य अवस्था चाँडै सामान्य भई शान्ति, सुशासन र आर्थिक स्थायीत्व कायम हुने विश्वास बैंकले व्यक्त गरेको छ।

सम्बन्धित समाचार