Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

वाणिज्य बैंकहरुको औसत ब्याजदरमा गिरावट: कुन बैंकको कति ?

वाणिज्य बैंकहरुको औसत ब्याजदरमा गिरावट: कुन बैंकको कति ?

अर्थ प्लस
वाणिज्य बैंकहरुको औसत ब्याजदरमा गिरावट: कुन बैंकको कति ?

काठमाडौं, असोज १, २०८२ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ९ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन्, ९ वटाले घटाएका छन् भने २ वटाले बढाएका छन् ।

भदौ महिनाको तुलनामा असोजमा औसत ब्याजदर घटेको छ । भदौमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ५.५७ प्रतिशत रहेकोमा असोजमा ५.४६ प्रतिशतमा झरेको छ ।

बैंकहरूको असोज महिनाको ब्याजदर:

  • एनआईसी एशिया बैंक: व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६% र संस्थागतमा ५% ब्याजदर तोकेको छ, जुन भदौको ६.२५% र ५.२५% बाट घटेको हो ।
  • नेपाल बैंक लिमिटेड: व्यक्तिगत निक्षेपमा ५.२५% र संस्थागतमा ३.२५% ब्याजदर, भदौको ५.४% र ३.७५% बाट घटेको ।
  • प्रभु बैंक: व्यक्तिगतमा ५.३५% र संस्थागतमा ३.२५% ब्याजदर स्थिर ।
  • एभरेष्ट बैंक: व्यक्तिगतमा ५.२५% र संस्थागतमा ४.२५%, भदौको ५.७५% र ४.७५% बाट घटेको ।
  • सिटिजन्स इन्टरनेशनल बैंक: व्यक्तिगतमा ५.२५% र संस्थागतमा ३%, भदौको तुलनामा घटेको ।
  • राष्ट्रिय वाणिज्य बैंक: व्यक्तिगतमा ५.५% र संस्थागतमा ४% ब्याजदर स्थिर ।
  • सानिमा बैंक: व्यक्तिगतमा ५.२५% र संस्थागतमा ३.५%, भदौको ५.७५% र ३.७५% बाट घटेको ।
  • प्राइम कमर्सियल बैंक: व्यक्तिगतमा ५.५% र संस्थागतमा २.७५%, भदौको ६% र ३.१% बाट घटेको ।
  • नेपाल एसबीआई बैंक: व्यक्तिगतमा ५.१८% र संस्थागतमा ४.१८%, भदौको ५.२५% र ४.२५% बाट घटेको ।
  • ग्लोबल आइएमई बैंक: व्यक्तिगतमा ६% र संस्थागतमा ४.२५% ब्याजदर स्थिर ।
  • सिद्धार्थ बैंक: व्यक्तिगतमा ५.५% र संस्थागतमा ४% ब्याजदर स्थिर ।
  • एनएमबी बैंक: व्यक्तिगतमा ६% र संस्थागतमा ५% ब्याजदर स्थिर ।
  • हिमालयन बैंक: व्यक्तिगतमा ६% र संस्थागतमा ५% ब्याजदर स्थिर ।
  • कृषि विकास बैंक: व्यक्तिगतमा ५.०५% (भदौको ५.२% बाट घटेको) र संस्थागतमा ३% (भदौको २.८५% बाट बढेको) ।
  • माछापुच्छ्रे बैंक: व्यक्तिगतमा ६% र संस्थागतमा ४% ब्याजदर स्थिर ।
  • कुमारी बैंक: व्यक्तिगतमा ५.०१% (भदौको ५.२१% बाट घटेको) र संस्थागतमा ४.०१% ब्याजदर स्थिर ।
  • स्ट्याण्डर्ड चाटर्ड बैंक: व्यक्तिगतमा ५.१८% (भदौको ५.१३% बाट बढेको) र संस्थागतमा २.७५% ब्याजदर स्थिर ।
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: व्यक्तिगतमा ५.२५% र संस्थागतमा ४.२५% ब्याजदर स्थिर ।
  • लक्ष्मी सनराइज बैंक: व्यक्तिगतमा ५.२५% (भदौको ५% बाट बढेको) र संस्थागतमा ४% ब्याजदर स्थिर ।
  • नबिल बैंक: व्यक्तिगतमा ५.५% र संस्थागतमा ४.०५% ब्याजदर स्थिर ।

यसरी, अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका र थोरैले बढाएका छन् ।

सम्बन्धित समाचार