Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एकैदिन बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता तान्दै राष्ट्र बैंक

एकैदिन बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता तान्दै राष्ट्र बैंक

अर्थ प्लस
एकैदिन बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं ।  दशैं तिहार जस्तो चाडपर्वको अघिको समयमा समेत अर्थिक गतिविधि विस्तार हुन नक्दा बैंकहरूले कर्जा बढाउन सकेका छैनन् । जसले गर्दा बैंकहरूमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । सुस्त आर्थिक गतिविधिले कर्जा माग नभइरहेको अवस्थामा भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले आर्थिक तथा भौतिक रुपमा ठूलो क्षति पुगेको छ ।

जसले कर्जामा मागमा झनै सुस्तता देखिने अवस्था आएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले १० दिनको लागि ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो ।

पछिल्लो २ आर्थिक वर्षमा लगातार अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गरिहेको छ । निक्षेप संकलन उपकरण बोलकबोलका साथै स्थायी निक्षेप सुविधामार्फत पनि तरलता प्रशोचन भइरहेको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचार