Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालसहित २० जनाविरुद्ध अख्तियारद्धारा मुद्दा दायर, एमडीएमएसमा घोटाला

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालसहित २० जनाविरुद्ध अख्तियारद्धारा मुद्दा दायर, एमडीएमएसमा घोटाला

अर्थ प्लस
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालसहित २० जनाविरुद्ध अख्तियारद्धारा मुद्दा दायर, एमडीएमएसमा घोटाला

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष सहित २० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

दूरसञ्चार प्राधिकरणका निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाललाई समेत प्रतिवादी बनाएको छ । प्रतिवादी २० जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

एमडीएमएस खरिद कार्य गर्दा पुष्टयाइँको आधार बिना बदनियतपूर्ण ढंङ्गले अस्वभाविक बढी लागत देखाई उक्त लागत अनुमान र बोलपत्र स्वीकृत नगराई एक्सप्रेसन अफ इन्ट्रेस्ट जारी गरेको अख्तियारले दर्ता गरेको मुद्धामा भनेको छ ।  मनासिब कारण बिना लागत इष्टिमेट अस्वभाविक रूपमा बढाई अस्वभाविक रूपमा बढी सामान बढी मूल्य तिरी खरिद गर्ने, गलत लिखत तयार गर्ने, सरकारी/सार्वजनिक कागजातहरू लुकाए/नष्ट गर्ने गराउने कार्य गरेको पुष्टी भएको अख्तियारको ठहर छ ।

मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राको समेत उक्त घोटालामा हात रहेको चर्चा रहेपनि अख्तियारले भने उनको नाम उल्लेख गरेको छैन ।

https://drive.google.com/file/d/1764ETW6glJPdV_ykbP0NJ0UBKJvpZt-6/view?usp=drive_link

सम्बन्धित समाचार