Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

गत आर्थिक वर्षको तुलनामा बैंकिङ क्षेत्रमा मुद्दती निक्षेप ९% ले घट्यो

गत आर्थिक वर्षको तुलनामा बैंकिङ क्षेत्रमा मुद्दती निक्षेप ९% ले घट्यो

अर्थ प्लस
गत आर्थिक वर्षको तुलनामा बैंकिङ क्षेत्रमा मुद्दती निक्षेप ९% ले घट्यो

काठमाडौं । बैंकिङ क्षेत्रमा मुद्दती निक्षेपको हिस्सा क्रमिक रूपमा घट्दै गएको देखिएको छ। चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ७२ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्।

यो रकम गत आर्थिक वर्षको साउन मसान्तको तुलनामा ९.१ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा ६४ खर्ब ४६ अर्ब ८२ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन भएको थियो, जसमा मुद्दती निक्षेपको हिस्सा ५७.१५ प्रतिशत थियो। तर, चालू आर्थिक वर्षको साउनमा मुद्दती निक्षेपको हिस्सा ४८.१४ प्रतिशतमा झरेको छ।

चालू आर्थिक वर्षको साउनमा बैंकिङ क्षेत्रको कुल निक्षेपमा मुद्दती, बचत, चल्ती र कल निक्षेपको हिस्सा क्रमशः ४८.१४, ३७.३७, ५.७१ र ८.१२ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यी निक्षेपको हिस्सा क्रमशः ५७.१५, ३०.१५, ५.१३ र ६.८७ प्रतिशत थियो।

वाणिज्य बैंकहरूले साउन मसान्तसम्म ६४ खर्ब ८६ अर्ब ४३ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन्, जसमा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अनुपात क्रमशः ४७.७८, ३७.३०, ६.१५ र ८.४ प्रतिशत छ। गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ५७ खर्ब १८ अर्ब १८ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा यी निक्षेपको हिस्सा क्रमशः ५6.४१, ३०.४२, ५.५८ र ६.८२ प्रतिशत थियो।

विकास बैंकहरूले साउन मसान्तसम्म ६ खर्ब २३ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्, जसमा मुddती, बचत, चल्ती र कल निक्षेपको हिस्सा क्रमशः ४८.२२, ४०.९२, २.०८ र ८.६५ प्रतिशत छ। गत वर्षको सोही अवधिमा ५ खर्ब ९८ अर्ब ७४ करोड ७० लाख रुपैयाँ संकलन भएकोमा यी निक्षेपको हिस्सा क्रमशः ६१.०९, २९.८६, १.६६ र ७.३५ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार, फाइनान्स कम्पनीहरूले साउन मसान्तसम्म १ खर्ब ३१ अर्ब ७३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन्, जसमा मुddती, बचत, चल्ती र कल निक्षेपको हिस्सा क्रमशः ६५.२९, २३.९८, १.१४ र ९.५३ प्रतिशत छ। गत वर्षको सोही अवधिमा १ खर्ब २९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ संकलन भएकोमा यी निक्षेपको हिस्सा क्रमशः ७१.३५, १९.६८, १.२२ र ६.८८ प्रतिशत थियो।

सम्बन्धित समाचार