Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआईसी एशिया बैंकका ग्राहकलाई वीरगंजको किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई वीरगंजको किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकलाई वीरगंजको किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछ ।

यस बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा OPD, Diagnostics, Surgery, Branded optical / Non-Branded optical  सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक(MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार