Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

अर्थ प्लस
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंकले आगामी कात्तिक १२ गते बुधबार, काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आफ्नो ३१औं वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरेको छ । सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।

 

सम्बन्धित समाचार