Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन बैंकमा रहेको हबिबको सेयर नेशनल लाइफलाई बेच्न राष्ट्र बैंकले दियो स्वीकृति

हिमालयन बैंकमा रहेको हबिबको सेयर नेशनल लाइफलाई बेच्न राष्ट्र बैंकले दियो स्वीकृति

अर्थ प्लस
हिमालयन बैंकमा रहेको हबिबको सेयर नेशनल लाइफलाई बेच्न राष्ट्र बैंकले दियो स्वीकृति

काठमाडौं- हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर ११८ रुपैयाँ ८८ पैसामा किनबेचका लागि हबिब र नेशनल लाइफबीच सम्झौता भएको थियो । दुवै पक्षबीच भएको सम्झौता अनुसार कारोबार गर्न राष्ट्र बैंकले स्वीकृति दिएको बैंकले जनाएको छ।

बैंकले अब हबिब बैंकको शेयर नेशनल लाइफलाइ हस्तान्तरणको प्रक्रिया अघि तयारी समेत गरेको छ ।बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को प्रावधानअनुसार बैंक, वित्तीय संस्था सञ्चालनको ५ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न पाइँदैन ।

त्यसपछि पनि संस्थापक शेयर संस्थापक समूहमै रहने गरी विक्री नभएको अवस्थामा मात्र बाहिर बिक्री गर्न पाउने प्रावधान छ । यस्तै २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका कम्पनी तथा संगठित संस्थाको सेयर बिक्रीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ ।

हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबको नाममा संस्थापक सेयर खररदका लागि संस्थापक सेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो । 

सम्बन्धित समाचार