Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह (सूचनासहित)

वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह (सूचनासहित)

अर्थ प्लस
वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाएर वित्तीय ठगीबाट बच्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै वित्तीय ठगीबाट बच्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले जारी गरेको सन्देशमा भनिएको छ, ‘के तपाईंले अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप, इमेल, फोन वा मोबाइलको एसएमएसमा विविध किसिमका चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको वा विदेशबाट पार्सल आएको, धन सम्पत्ति वा सुन फेला परेको, छोटो समयमा धेरै प्रतिफल पाउने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश प्राप्त गर्नुभएको छ ? यदि छ भने सजग हुनुस्, यस्ता सन्देश वित्तीय ठगीका लागि पठाइएको हुन सक्छन् ।’

राष्ट्र बैंकले यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि-नोक्सानी पुग्न सक्ने भन्दै सबै घट्ना वित्तीय ठगी रहेको जनाएको छ ।

सूचनासहित:

559412620_820434667042617_4690649438287758310_n.jpg

सम्बन्धित समाचार