Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ग्लोबल आइएमई बैंकले बोलायो १९ औं वार्षिक साधारणसभा

ग्लोबल आइएमई बैंकले बोलायो १९ औं वार्षिक साधारणसभा

अर्थ प्लस
ग्लोबल आइएमई बैंकले बोलायो १९ औं वार्षिक साधारणसभा

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारणसभा बोलाएको छ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारणसभा आउँदो कात्तिक २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले सहायक कम्पनीहरु ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिजसमेतको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्नेछ।

सोही सभाले बैंकको नियमावली र प्रबन्धपत्रमा व्यावसायिक उद्देश्य थप र संशोधन गर्ने र सोमा नियमनकारी निकायबाट प्राप्त सुझाव वा संशोधन गर्न निर्देशनमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ कात्तिक १६ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार